न्यायिक समिति सूचना व्यवस्थापन प्रणाली (JMIS) ले न्यायिक समितिको कार्यप्रक्रियालाई व्यवस्थित रुपमा कार्यसम्पादन गर्न सघाउँछ । यसले न्यायिक समितिबाट न्याय निरुपण गर्दा अवलम्वन गर्नु पर्ने कार्यप्रक्रियालाई सघाउँनुका साथै सिलसिलेवर रुपमा कार्यसम्पादनका लागि मार्गदर्शन प्रदान गर्दछ । यसका साथै मेलमिलाप प्रक्रिया, कानूनी ढाँचामा लिखत तयारी तथा व्यवस्थित अभिलेखिकरण कार्यका लागि मद्वत पुर्याउँदछ । यो प्रणाली मौजुदा कानून तथा अभ्यासमा आधारित भई बिज्ञहरुको समूहद्धारा तयार गरिएको अनलाईन डाटावेस सिष्टम हो ।

